राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् मदन भण्डारीको स्मरण
दाङ- तुलसीपुरको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न समारोहमा मदन भण्डारीको स्मरण गर्दै उनले भनिन्ज ननेता मदन भण्डारी संस्कृत क्षेत्रको उत्पादन हुनुहुन्थ्यो । संस्कृत बाङमयको गहन अध्यन गरेको हुनाले उहाँमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता र गहन सांस्कृतिक बोध, स्वच्छ राष्ट्र प्रेम जस्ता विशेष गुणहरु थियो ।
आफ्नो जीवनकालमा थुप्रै पटक दाङ आएका मदन भण्डारीले यहाँको सामाजिक र प्राकृतिक विशेषताहरुबारे आफूलाई सुनाउने गरेको उनले स्मरण गरिन् । शिक्षण भवन उट्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद विद्यापिठ संस्कृत विश्वविद्यालयको ठूलो उपलब्धि भएको बताइन् ।