Connect with us
Kapilvast Forest

साहित्य क्षेत्रले राजनीतिज्ञलाई खबरदारी गर्नुपर्छ: नेता ज्ञवाली

२०७९, १३ चैत्र सोमबारमा प्रकाशित

धनगढी- नेकपा एमाले का उपमहासचिव प्रदीप ज्ञवालीले साहित्य क्षेत्रले नेपाली राजनीतिज्ञलाई जिम्मेवार र उत्तरदायी बनाउन मद्दत पुगेको बताउनु भएको छ । धनगढीमा जारी विश्व नेपाली नारी साहित्य महोत्सवमा समाज साहित्य र राजनीतिको अन्र्तसम्वन्धमा बोल्दै उहाँले भन्नुभयो हामीले सबै खालका राजनीतिक परिवर्तन गरिसकेका छौ तर हामीले खोजेको जस्तो समाज बनाउन सकेका छैनौ त्यसका लागि साहित्य जगतले खबरदारी गर्नुपर्छ ।

साहित्यले यथार्थलाई पुर्न सृजना गर्छ साहित्यकार समेत रहेका नेता ज्ञवालीले भन्नुभयो साहित्यले नेपालको राजनीतिलाई सकारात्मक प्रभाव पारेको छ । उहाँले वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यात्मक अवस्था रोक्न नसक्नु नेपालको सबैभन्दा ठुलो चुनौती रहेको पनि बताउनुभयो ।

पहिले जे जस्तो भए पनि राजाको जेठो छोरो राजा हुने प्रचलन थियो छोरा भन्दा जेठी छोरी हुँदा पनि राजा छोरै हुन्थ्यो अहिले जनताको छोराछोरी राष्ट्र अध्यक्ष हुने गरेका छन् यो ठुलो उपलब्धि हो अहिले सेतोलाई सेतो कालोलाई कालो भन्न पाइन्छ नेता ज्ञवालीले भन्नुभयो सञ्चार र भौतिक क्षेत्रमा पनि ठुलो परिवर्तन भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu