Connect with us
Kapilvast Forest

भ्रामक समाचार:-कर्मचारी खडका र विश्वकर्मालाई कार्वाहीको माग

२०८०, २५ बैशाख सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल- कपिलवस्तुको शिवराज नगरपालिकाका स्थ्यकर्मीहरुले नगरपालिकामा कार्यरत एमआईएस अपरेटर दिपक खड्का र उपसचिव पुर्ण बहादुर विश्वकर्मालाई कार्वाही माग गरेका छन ।
गएको शुक्रवार खडकाले शिवजराज ६ स्थित विरपुर स्वस्थ्य चौकीमा कार्यरत सि अनमी पुर्ण कुमारी न्यौपाने (पुनम) विरुद्ध भ्रमक समाचार प्रकाशित गरी सामाजिक सन्जालमा शेयर गरेका थिए ।
सत्य तथ्य नबुझी बदनाम गर्ने नियतले नगरपालिकाका भित्रैका कर्मचारी एमआईएस अपरेटर दिपक खडका र उपसचिव पुर्ण विश्वकर्माले समाचारलाई अत्तिरन्जीत गराई सामाजिक सन्जालमा गाली वेइज्जती गरेको भन्दै स्वास्थ्यकर्मीहरुले नगरपालिकामा ध्यानाकर्षण बुझाएका थिए । नगरपालिका भित्र कार्यरत ३० जना स्वास्थ्यकर्मीहरुले नगर प्रमुख अजय थापालाई ध्यानाकर्षण पत्र बुझाएका छन ।

केहि दिन अगाडी विभिन्न संचार माध्यममा नगरपालिकामा कार्यरत अनमी स्वास्थ्य कर्मि पुनम पोखरेलको विषयमा आएको समाचारले नगरमा कार्यरत अनमी स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने काम भएको र सो समाचार प्रकाशनमा नगर कै कर्मचारीहरुको मिलेमतो देखीएकोल काम गर्न सहज वातावरण बनाउन आग्रह गर्दै पत्र बुझाइएको हो ।

यस्तो भ्रामक समाचार प्रकाशन गर्दा जनतासामु भ्रम उत्पन्न हुने र स्वातन्त्र प्रेसको गरिमामा प्रश्न उठने हुदा सम्बन्धी निकायले सत्य तथ्य छानविन गरी दोषीलाई कार्वाहीको माग गरेका छन ।

स्वास्थ्यकर्मीहरुको मानमर्दन माथि आच आउने किसिमका तथ्यहिन र आधारहिन समाचार आएका सार्वजनिक मनाहानीको विरुद्धमा कानुनी उपचारमा जाने चेतावनी दिएका छन । खडका र विश्वकर्मा पटक पटक विवादमा पर्दै आएका छन ।

ध्यानाकर्षण पत्र

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu