मेरो अरब यात्रा (अनुभव)
–रहिश शाह ।
खाडी मुलुक घुमेर आए भन्ने वित्तिक्कै धेरैले नाक खुम्चाउ छन् । त्यसमाथि खाडी मुलुक साउदी अरब र कतार गएको भने त्यस्तो तातो, गर्मीमा पनि के घुम्न गएको भन्दै अनेक कुरा गर्ने प्रबृति हाम्रो समाजमा जरो गाडेर बसेको छ । हुन त साउदी अरब र कतार गर्मि मुलुक नै हो तर धेरैलाई थाहा नै छैन । त्यहा गर्मि बाहेक अरु धेरै नै कुराको विकास भएको छ ।
नेपालको हावा पानीसगं तुलाना गर्दा साउदी अरब, कतार निकै नै गर्मि हुने देशमै पर्छ । तर विकासको दृष्टीकोणले कतार अहिले विश्वको ध्यान तानेको छ । कतारमा सन २०२२ मा सम्पन्न फिफा विश्व कपले कतारको स्तर अन्तराष्ट्रिय जगतमा निकै उचाईमा पुगेको छ ।
म गएको असोज १ गते कतारको राजधानी दोहा पुगे । साथीहरु विमालस्थलमा मलाई स्वागत गर्न उपस्थित रहनुभएको थियो । हाम्राे अवलाेकन तथा हज टाेलीमा अब्दुल वसिर शाह, महबुब आलम मलिक, मौलाना कमालुद्धिन, मौलाना सफिक, सर्फुद्धिन शाह, अब्दुल सलाम, अब्दुल रफिक, हमिदी अल मोहम्मद रहनुभएको थियो ।
मलाई एयरपोर्टमा रिसिभ गर्न आएका साथिहरुले भने कतार सानो देश हो तर सडक व्रीज निकै राम्रो बनाएको छ हाम्रो नेपालमा पनि बनाउनु पर्छ । सडक विकासले त्यहाको सावारी साधन आवागमनलाई निकै सहज बनाई दिएको छ ।
कतार पुगेपछी म छक्क परे । जसरी आम नेपालीले कतार भनेपछी बहुतै गर्मि हुन्छ भन्दै नाक खुम्चाउथे त्यस्तो कतार नभई निकै विकसित सरसफाई युक्त कतार मैले देखे । गर्मि त त्यहाका नागरिकहरु र अन्य मुलुकबाट काम गर्न गएका कामदारहरुलाई समान्य नै भएको मैले पाए । सुरु सुरुमा केही गर्मि महसुस गरेपनि कतारको हावापानीमा म पनि विस्तारै घुलमिल हुदै गए । कतारको दोहा अन्तराष्ट्रिय एयरपोर्टबाट निस्केपछी त्यो १०० मिटर भन्दा बढीको चौडाईमा फैलिएको कति हो कति लामो सडक देखेपछी म अचम्म परे ।
कतारमा गगन चुम्बी विल्डीङ हेर्दा त मेरो होस नै उड्यो । यस्तो वालुवै वालुवा भएको जमिनमा कसरी यस्तो संरचना निर्माण गरेको होला भन्ने लाग्यो । अधिकांस नेपालीहरु विल्डीङ र निर्माण कै लागि कतारमा बढी अवसर पाउने गरेको देखीयो ।
कतारको केहि दिनको बसाई पछी कतारमै रहेका केही साथिहरुसगँ हाम्रो यात्रा साउदी अरब तर्फ प्रस्थान गरीयो । साउदी अरबको राजधानी रियादको विकास पनि कतारको भन्दा कम थिएन । रियादमा चौडा सडक, अग्लो अग्लो विल्डीङ र व्रीजले मनै लोभ्याइ रहेको थियो । रियाद पछी हाम्रो यात्रा इस्लाम धर्मको पहिलो धर्मिक स्थल मक्का जाँहा संसारका मुस्लिमहरु हज गर्न जाने गर्छन हामी त्यसै तर्फ प्रस्थान गर्यौँ ।

मक्का पुगेपछी हामी इस्लामिक परम्परा अनुसार हज गर्र्यौ । मक्कामा एक हप्ताको बसाईमा हामीले मक्काको सबै इस्लामिक धर्मिक स्थलको अनुगमन र इस्लाम धर्मको इतिहास बुझ्ने मौका पाइयो । मक्काको अवलोकन पछी हामी मदिना शहर तर्फ लाग्यौँ । मदिनामा मस्जिद ए नव्वीमा गयौँ । इस्लाम धर्ममा मदिनालाई दोस्रो धर्मिक स्थलको रुपमा चिन्हिन्छ । मदिनामा हजको विभिन्न प्रक्रिया पुरा गरियो । मदिनामा रहेका सबै स्थलको अवलोकन सगैँ इतिहासको बारेमा समेत बुभm्ने मौका पाइयो । हामी केही दिन मदिनामा इबादत गरी वितायौँ ।
साउदी अरबको हज यात्रा पछी हाम्रो टोली पुनं २४ घण्टाको सडक यात्रा गर्दै कतारमा प्रवेश गर्यौँ । कतारमा रहेका नेपाली कम्पनीका सन्चालक तथा मुदीरहरु, नेपाली कामदारहरुका साथै केही साथिहरुसगँ भेटघाटमा केही दिन वित्यो । नेपाली कामदारहरुको दुखपिडा जती नै भएपनि रोजगारीको सिलसिलामा कतार आएका नेपाली साथीहरुले म लगायत मेरो टोलीलाई भव्य स्वागत गरे ।

त्यसपछी त्यहा कम्पनीमा काम गर्ने नेपालीहरुले कतारमा भोगेको समस्याहरुको ठुलो लिष्ट टिपोट गरे । कतारमा जती विकास भएपछी अहिले बेरोजगारी समस्या एकदमै रहेको पाइयो । कामदार थुप्रै समस्याहरु लिएर म कतारमा रहेको नेपाली राजदुतावासका राजदुत डाक्टर नरेश विक्रम ढकालसगं दुतावास कार्यलाय भेट गर्न पुगे ।
राजदुत डाक्टर नरेश विक्रम ढकालले मेरो टोलीलाई स्वागत गर्दै नेपाली कामदारको समस्या समाधान गर्ने आस्वासन दिनुभयो । कतारमा ३ लाख ६४ हजार ३ सय ८९ जना नेपाली कामदार रहेको जानकारी दिनुभयो । नेपालीहरुको दुखसुखमा नेपाली दुतावास सधै सहकार्य गर्न तयार रहेको राजदुत ढकालले जानकारी दिनुभयो । कार्तिक २० र २१ गते कतारको राजा शेष तमिम बिन हमद अलथानी नेपाल आउने राजदुत ढकालले बताउनुभयो । ४६ बर्षको इतिहासमा कतारको राजा नेपाल आउने भएका हुन ।
राजदुत ढकालले कतार सरकारद्धारा ८ देखी ११ विषयमा सम्झौता हुने नेपाली राजदुतावासका राजदुत डाक्टर नरेश विक्रम ढकालले बताउनुभयो । राजदुतसगँ दुतावास कार्यलाय भेट्दा ढकालको स्वभाव मिजासिलो लाग्यो । राजदुत ढकालकै सल्लाह अनुसार कतारमा रहेका सम्पुर्ण पर्यटकीय स्थलको अध्ययन अवलोकन गरीयो ।
केही दिन कतारको राजधानी दोहा, कोर्निस, लुसेल, कटारा, पर्ल कतार, मल अफ कतार, खलिफा स्टेडीयम, समुन्द्रको सफारी, डेर्जट सफारी म्युजियम लगायतका स्थान स्थान घुमियो । समग्रमा हेर्दा मेरो कतार र साउदी अरबको बसाई एकदम सुखद रह्यो ।
हाम्रो योजना सउदी र कतार मात्र नभई दुवइ समेत जाने रहेको थियो । तर कतार र सउदी अरबबाट डाइरेक्ट दुवई जाने प्रक्रीया नमिलेपछी यात्रा दुई देशमै टुङ्ग्याउनु पर्यो । आगामी दिनमा दुवईको यात्रा तय गर्नेछु । हामी नेपालको उर्वरा भुमीमा केही गर्न सकेका छैनौ तर कतार र साउदी अरबले बालुवामा पनि गगन चुम्बी भवन निर्माण सगै गज्जबको विकास गरेको छ ।
साउदी र कतारको अवलोकन पश्चात नेपालमा पनि मौका पाए धेरै कुरा परिवर्तन गर्न सकिने कुरा सिकेर आए । एक महिनाको अवधी भर कतार र सउदी अरबको यात्रा पश्चात म नेपाल फर्किए । यात्रको क्रममा सहयोग गर्ने सबैलाई धन्याबाद दिन चहान्छु ।



