Connect with us
Kapilvast Forest

गुणस्तरहीन मोहि प्रती प्रशासनको चासो, अनुगमन गर्न निर्देशन

२०८१, २६ श्रावण शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले ग्लोबल डेरीमा अनुगमन गर्न निर्देशन दिनु भएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले ग्लोबल डेरीले उत्पादन गरेको बुद्धभुमी मोही गुणस्तरहीन भएको आम उपभोक्ताको गुनासो आएकाले अनुगमन गर्न निर्देशन दिनु भएको छ ।

प्रजिअ अर्यालले भन्नुभयो” डेरीको धेरै गुनासो आएको हुनाले खाद्य गुण नियन्त्रक कार्यालय तौलिहवालाई सत्यतथ्य तवरले अनुगमन गर्न निर्देशन दिएको छु । कसैलाई कुनै पनि बहानामा स्वास्थ्य प्रती खेलवाड गर्न छुट छैन ।”

प्रजिअ अर्यालले खाद्य गुण नियन्त्रक कार्यालय तौलिहवालाई अनुगमन गर्न आदेश दिएको बताउनु भयो ।
खाद्य गुण नियन्त्रक कार्यालय तौलिहवाका प्रमुख रमेश दहालले आज शनिबार भएकाले आइतबार विहानै उक्त कार्य गर्ने बताउनु भयो ।
आम उपभोक्ताको स्वास्थप्रती खेलवाड भएको जनगुनासो आएकाले यस विषयमा गम्भीर भएको खाद्य गुण नियन्त्रक कार्यालय तौलिहवाका प्रमुख दहालको भनाई रहेको छ ।

ग्लोबल डेरीले उत्पादन गरेको बुद्धभुमी मोहि गुणस्तरहीन भएको उपभोक्ताले आरोप लगाएका छन ।

शुक्रवार गोरुसिङ्गेको एक होटलमा बिग्रीएको मोहि भेटिएको थियो ।

उद्योगले बुद्धभुमी सादा मोहि नामक ब्राण्ड बजारमा ल्याएको छ । उक्त उद्योगले तयार पारेको मोहीको गुणस्तरको स्तर कमसल र केमिकल प्रयोग गरेको आरोप रहेको छ ।

मोही खाएपछि धेरै उपभोक्ताहरू झाडापखालाको समस्याले ग्रसित भएको महाराजगन्जका एक स्थानीयले बताए । उद्योगले गैरजिम्मेवार प्रवृत्ति र नाफाखोरीको नियतले बजारमा गुणस्तरहिन समाग्री बेच्ने गरेको उपभोक्ताको आरोप रहेको छ ।
सामान्यतः मोही एक समान घुलनशील हुनु पर्ने हो, तर यहाँ भने उत्पादन गरिएको मोही तीन तहमा विभाजन भएको देखिएको छ ।
उत्पादन मिति देखि ५ दिनसम्म प्रयोग गर्न मिल्ने दाबी गर्दै बजारमा पठाइएको यो मोही वास्तविकतामा फाटेको लेदो जस्तो देखिएको गोरुसिङ्गेका एक होटल सन्चालकले जानकारी दिनु भयो ।

ग्लोबल डेरीले किसानबाट खरिद गरेको दुधको रकम समेत नदिएको किसानहरुको आरोप रहेको छ । जिल्लाको शिवराज नगरपालिका ३ का किसानका अनुसार ग्लोबल डेरीले दुधको मुल्य नदिएको आरोप लगाएका छन ।
https://www.facebook.com/share/v/Mwn9Ma68KeR4TWaM/?mibextid=oFDknkभिडियो हेर्नुस

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu