Connect with us
Kapilvast Forest

मेयर शाह र युपीका मुख्यमन्त्री योगी विच भेटवार्ता

२०८१, ४ भाद्र मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग लखनऊमा भेटवार्ता गर्नु भएको छ।

मुख्यमन्त्री निवासमा आयोजित यस भेटमा दुई पक्षबीच कृष्णनगरको विकास र सीमा क्षेत्रको सुविधाहरू विस्तार गर्ने विषयमा गहन छलफल भएको छ।

मेयर शाहले जानकारी दिएअनुसार, यो भेटमा मुख्य रूपमा कृष्णनगर भन्सारमा इमीग्रेशन सुविधा विस्तार, नेपाल-भारत सीमा क्षेत्रसम्मको फोरलेन सडक निर्माण, तथा फ्लाईओभर निर्माणको सम्भावना जस्ता महत्वपूर्ण परियोजनाहरूको विषयमा चर्चा भएको छ।
यी योजनाहरूले कृष्णनगरलाई एक प्रमुख व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शाहले बताए अनुसार, सीमा क्षेत्रको फोरलेन सडक र फ्लाईओभर निर्माणले नेपाल र भारतबीचको आवागमनलाई सहज बनाउनेछ। यसले व्यापारिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने मात्र होइन, दुबै देशका व्यापारीहरूलाई सहज पहुँच प्रदान गर्नेछ। यसका साथै, कृष्णनगर भन्सारमा इमीग्रेशन सुविधाहरूको विस्तारले सीमा पार गर्ने यात्रुहरूलाई थप सुविधा दिनेछ, जसले गर्दा यहाँको व्यापारिक महत्त्वलाई थप बलियो बनाउनेछ।

शाहले भेटका क्रममा यी योजनाहरूलाई यथाशक्य चाँडो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “यो भेटवार्ता कृष्णनगरको आर्थिक विकासका लागि अत्यन्तै महत्वपूर्ण छ। हामीले छलफल गरेका योजनाहरू छिट्टै कार्यान्वयनमा आउने छन् र यसले सीमा क्षेत्रको आर्थिक गतिविधिमा ठूलो परिवर्तन ल्याउनेछ।”

मुख्यमन्त्री आदित्यनाथले पनि यी योजनाहरूको सफल कार्यान्वयनका लागि आफ्नो पूर्ण समर्थन व्यक्त गरेका छन्। उनले उत्तर प्रदेश सरकार यी योजनाहरूलाई साकार पार्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। यस किसिमको सहकार्यले कृष्णनगर मात्र नभई सम्पूर्ण सीमा क्षेत्रको समृद्धिमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

भेटवार्तापछि, मेयर शाहले यी योजनाहरू कृष्णनगरको भविष्यका लागि महत्त्वपूर्ण सावित हुने र आगामी दिनमा यहाँको व्यापारिक गतिविधिमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे। “कृष्णनगरलाई एक प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्न हामीले लिएको अठोटलाई यो छलफलले थप बल दिएको छ,” उनले भने।

कृष्णनगर र उत्तर प्रदेशबीचको यस सहकार्यले भविष्यमा दुवै देशका सीमावर्ती क्षेत्रहरूमा व्यापारिक तथा सामाजिक गतिविधिहरूमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu