नेकपा एमालेको अध्यक्ष पदमा पोख्रेल निर्वाचित
कपिलवस्तु — नेकपा एमाले शिवराज नगरपालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट महादेव पोख्रेल अध्यक्ष पदमा निर्वाचित भएका छन्। आज सम्पन्न भएको नगर अधिवेशनमा पोख्रेललाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरिएको नेकपा एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनालले जानकारी दिनुभयो।
निर्वाचित अध्यक्ष महादेव पोख्रेलले पार्टीको विधान अनुसार अघि बढ्ने प्रतिबद्धता जनाउँदै, पार्टीलाई थप सशक्त र संगठित बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाँले नगरका कार्यकर्ताका आवश्यकताहरुलाई प्राथमिकता दिँदै पार्टीलाई बलियो बनाउने प्रतिज्ञा पनि गर्नुभयो।
नगर सचिव पदमा रोशन एमसी निर्वाचित भएको छ भने नगर सदस्यहरूको चयन पनि अधिवेशनबाट टुंगो लागेको जिल्ला अध्यक्ष बाबुराम खनालले बताउनु भयो । अन्य पदाधिकारीहरूको टुङ्गो भने अझै लाग्न नसकेको जानकारी दिनुभयो।
अधिवेशनले पार्टीलाई आगामी दिनमा थप सशक्त बनाउनका लागि नयाँ नेतृत्व चयन गरेको हो ।