Connect with us
Kapilvast Forest

इन्जिनियर केसीलाई प्रदेश संयोजकको जिम्मेवारी

२०८१, २२ भाद्र शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु- नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) को निर्वाचनमा नेपाल विद्यार्थी संघले जिम्मेवारी बाडफाड गरेको गरेछ ।
यहि भाद्र २८ गते हुन गइरहेको इन्जिनियरहरुको निर्वाचनमा Center For Democratic Engineers Nepal (CDEN)` को सम्पूर्ण उम्मेदवारहरूले विजयी बनाउन विभिन्न प्रदेशमा संयोजक र सह-संयोजकको जिम्मेवारी तोकिएको नेविसंघले जनाएको छ ।
सोही अनुसार लुम्बिनी प्रदेशको संयोजकमा मोहन के.सी. सहसंयोजकमा मनिस पौडेल, रोहन खाणलाई जिम्मेवारी तोकिएको छ ।

निर्वाचन सफल बनाउन नेविसंघको केन्द्रिय संयोजन समितिले कपिलवस्तुका इन्जिनियर मोहन केसीलाई लुम्बिनी प्रदेशको जिम्मेवारी दिएको इन्जिनियर शिव भट्टराईले जानकारी दिनुभयो ।

समिति अन्तर्गत कोशी प्रदेशमा संयोजक दिपेन रौनियार, सहसंयोजक श्रेष्ठ र नविन श्रेष्ठ,
मधेश प्रदेशमा संयोजक मृगेन्द्र यादव (मुना भाइजी) सहसंयोजक उमेश यादव, रमेश यादव, बागमती प्रदेशमा संयोजक प्रवीण जमकट्टेल, सहसंयोजकमा दिपराज बुढाथोकीय, आयुस मरासिनी, अंकिता श्रेष्ठ, पुष्कर बिक्रम शाही,अभिषेक पान्डे रहनु भएको छ ।

बुचाेस्खी सहित अन्य सह-संयोजकहरू, गण्डकी प्रदेशमा टेनिसव श्रेष्ठ, सहसंयोक आदेश अर्याल रहनु भएको छ ।

कर्णाली प्रदेशको संयोजकमा आदित्य विक्रम शाह सहसंयोजक अग्नी प्रसाद शर्मा रहनु भएको छ । सुदूरपश्चिम संयोजक लोचन कार्की सहसंयोक शान्त कुमार साउद र खेमराज बिकलाई जिम्मेवारी दिइएको छ।

नेपाल विद्यार्थी संघले यस निर्वाचनलाई विशेष महत्त्व दिँदै जित हासिल गर्न सम्पूर्ण साधन र स्रोत परिचालन र व्यवस्थापन गर्ने अनुरोध गरेको छ ।

समितिले विभिन्न स्थानहरूमा सम्पर्क कार्यालयहरू समेत स्थापना गरेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu