Connect with us
Kapilvast Forest

नेपाली कांग्रेसको आयोजनामा थुन्हियामा भव्य कार्यक्रम सम्पन्न

२०८१, २१ आश्विन सोमबारमा प्रकाशित

सनिउल्ला धोबी–
नेपाली कांग्रेस शिवराज नगरपालिका वडा नं. ११ इकाई समितिको आयोजनामा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज ११ थुन्हियामा भब्यताका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पूर्वमन्त्री तथा संघीय सांसद सुरेन्द्रराज आचार्यले पार्टीलाई सुदृढ र एकजुट बनाउनका लागि सबै सदस्यहरूले एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले जनताको मन जितेर आगामी निर्वाचनहरूमा पार्टीको विजय सुनिश्चित गर्न आह्वान गर्नुभयो।


शिवराज नगरपालिका वडा नं. ११ मा सम्पन्न शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा सहभागी नेताहरूले आ-आफ्नो मन्तव्यका साथ साथै दशैँ, तिहार र छठ पर्वको शुभकामना व्यक्त गरे।

जिल्ला सभापति अब्दुल कलामले पार्टीलाई सुदृढ बनाउन एकजुट हुनु आवश्यक रहेको भन्दै सबैलाई संगठित भएर अघि बढ्न आग्रह गर्नुभयो । साथै, उहाँले आउँदै गरेका महान चाडहरू दशैँ, तिहार, र छठले सबैमा शान्ति, सद्भाव, र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

उपसभापति हुमाकान्त खनालले पार्टीको संगठन विस्तार र एकतामा जोड दिनुका साथै चाडपर्वले सबै नेपालीलाई एकतामा बाँध्ने बताउँदै शुभकामना दिनुभयो ।
जिल्ला सचिव प्रेम बहादुर रायमाझीले जनताको विश्वास जित्नका लागि निष्ठापूर्वक काम गर्नुपर्ने भन्दै चाडपर्वले समाजमा भाइचारा र मेलमिलापको भावना प्रगाढ बनाउने कुरा व्यक्त गर्नुभयो ।

त्यस्तै अर्का जिल्ला सचिव शक्ति सिंह ठाकुरीले चाड पर्वले नेपाली नागरिकको मुहारमा खुसियाली छाएको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।

नेपाली कांग्रेस एकजुट भएमात्र बलियो पार्टी बन्ने जिल्ला सचिव ठाकुरीले धारण राख्नु भयो ।

जिल्ला सदस्य बिनोद नेपालले पार्टीलाई आगामी चुनौतीहरूको सामना गर्न रणनीतिक रुपमा अघि बढ्नुपर्ने बताउँदै, दशैँ, तिहार, र छठ पर्वले सबैलाई नयाँ उर्जा र उमंग दिने विश्वास व्यक्त गर्नुभयो।

शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्यायले संगठनलाई बलियो बनाउन नेतृत्व र सदस्यहरूबीच समन्वयको आवश्यकता औंल्याउँदै आउँदै गरेका दशैँ, तिहार, र छठ पर्वले समाजमा शान्ति, सहकार्य, र एकताको भावना फैलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सबैलाई हार्दिक शुभकामना समेत दिनुभयो ।

क्षेत्रीय सभापति केशव श्रेष्ठले आफ्नो मन्तव्यमा संगठन सुदृढीकरणको महत्त्वलाई जोड दिंदै पार्टीलाई आगामी दिनमा चुनौतीहरूको सामना गर्न सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

महासमिति सदस्य जमसेर अलीले पार्टीमा नयाँ सदस्यहरूको आगमनलाई सकारात्मक रूपमा हेर्दै पार्टीलाई बलियो बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुका साथै सबैलाई चाडपर्वको शुभकामना व्यक्त गर्नुभयो ।

संस्थापक नेता नवराज पाण्डेयले पार्टीमा अनुभवको महत्व उल्लेख गर्दै चाडपर्वले सबैलाई एकता र सहकार्यको सन्देश दिने बताउनुभयो ।

युवा नेता गोविन्द केसीले युवा शक्तिलाई अगाडि बढाएर संगठनलाई सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्दै चाडपर्वले सबैलाई एकतामा बाँध्ने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ नेता भवनराज पौडेलले पार्टीलाई अझ सशक्त बनाउन पुराना तथा नयाँ सदस्यबीचको एकतालाई प्रगाढ बनाउने र चाडपर्वहरूले सबै नेपालीमा खुसी र समृद्धिको भावना फैलाउने बताए ।

शिवराज नगर सभापति मधु पोखरेलले संगठन विस्तार र नेतृत्व विकासका लागि निरन्तर क्रियाशील रहन आग्रह गर्दै चाडपर्वले समाजमा मेलमिलापको भावना सुदृढ गर्ने बताउनुभयो ।

वडा अध्यक्ष रामेश्वर वर्माले वडा स्तरको संगठनलाई प्रभावकारी बनाउँदै पार्टीको नीति र योजनाहरूलाई गाउँ-गाउँमा पुर्याउने तथा दशैँ, तिहार, र छठ पर्वले शान्ति, सुख, र समृद्धिको सन्देश दिने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका २ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता वडा सभापति रामचन्द्र कहारले गर्नुभएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu