Connect with us
Kapilvast Forest

स्रोत नखुलेको २० लाख बोक्ने भारतीय सांसदलाई किन छोडीयो ?

२०८१, ६ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौ-
अवैध भारतीय रकमसहित समातिएका छ मध्ये चार जना छुटेका छन् । कपिलवस्तुको कृष्णनगरमा हिजो साँझ २० लाख अवैध भारुसहित छ जना पक्राउ परेका थिए ।

भारतीय नाका हुँदै कृष्णनगर प्रवेश गरेका दुई वटा सवारी साधनमा लुकाइ राखेको अवस्थामा २० लाख ५० हजार नगदसहित पक्राउपरेकामध्ये एकजना भारतीय सांसद रहेको खुलेपछि ’माथिको दबाब’मा प्रहरीले आज दुई जनालाई मात्रै राजस्व अनुसन्धान कार्यालय बुटवलमा बरामद रकमसहित बुझाएको बताइन्छ ।

पक्राउ परेकामा महाराष्ट्र प्रदेशकी विधायक अदिती सुनिल तरकरेसहित सलमान कुरसिया, सखराम अण्डागोले, शेखर अनिल करकुटकर, चालक कमर हैदर तथा प्रमोद गोस्वामी छन् । उनीहरु चढेर आएको यूपी ४२ डिटी ५७२१ नम्बरको गाडीबाट ७ लाख ५० हजार र यूपी ५४ ए ६६६३ नम्बरको कारबाट १३ लाख भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।

महाराष्ट्रको श्रीवर्द्धन क्षेत्रबाट राष्ट्रवादी कांग्रेस पार्टीका तर्फबाट विधायक निर्वाचित अदिती पक्राउ परेलगत्तै उनले महाराष्ट्रका उपमुख्यमन्त्री अजित आशाताई अनंतराव पवारलाई फोन गरि घटनाबारे जानकारी गराएको सुरक्षा स्रोतले जनाएको छ । लुम्बिनी जान लागेका उनीहरु सुनौली नाका भएर नेपाल प्रवेश गर्नुपर्नेमा कृष्णनगरबाट भित्रिएका थिए ।

विद्यायक तरकरेले लुम्बिनीमा धार्मिक अनुष्ठानका लागि रकम लिएर जान लागेको प्रहरीलाई बयान दिएकी थिइन् । पक्राउ परेको एक घण्टाभित्रै लुम्बिनी प्रदेशका डिआइजी कुबेर कडायतले घटनाबारे सूचना वा जानकारी दिन अस्वीकार गरेका थिए ।

लगत्तै महाराष्ट्र रायगढका लोकसभा सांसद तथा राष्ट्रवादी काँग्रेस पार्टीका नेता तथा अदितीका श्रीमान सुनिल तटकरे भारतको मुम्बईबाट हेलिकोप्टर चार्टड गरेर राति १० बजे कृष्णनगर सीमा क्षेत्रको बढनी बजार झरेका थिए ।

साभार-जन आस्था

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu