Connect with us
Kapilvast Forest

सरकारका प्रवक्ता भन्छन्- २/४ दिनभित्रै गभर्नर पाउने आशामा छौं

२०८२, २ जेष्ठ बिहीबारमा प्रकाशित

सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनभित्रै राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त हुने आशा व्यक्त गरेका छन्। सिफारिस समितिमा सदस्यहरूको राजीनामा र पुनर्गठनपछि अब समितिले चाँडै काम सम्पन्न गर्ने विश्वास व्यक्त गरिएको छ। मन्त्री गुरुङको भनाइ अनुसार, नयाँ गभर्नरको नियुक्ति दुई चार दिनभित्रै पूरा हुने अपेक्षा गरिएको छ।
१ जेठ, काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनभित्रै राष्ट्र बैंकले गभर्नर पाउने आशा भएको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब सिफारिस समितिमा तलमाथि केही नहुने पनि बताए ।

बिहीबार सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘…सिफारिस समितिबाट सुरुमा विजयनाथ भट्टराईले राजीनामा दिनुभयो । त्यो डिफल्ट भयो । त्यसपछि महाप्रसाद अधिकारीलाई समितिको सदस्यमा थप्यौं,’ सञ्चारमन्त्री गुरुङले भने, ‘त्यसपछि डा. विश्व पौडेलले राजीनामा दिने परिस्थिति बन्यो । समितिका सदस्यले राजीनामा दिने परिस्थिति बनेको हुनाले यो काम चाँडोभन्दा चाँडो सम्पन्न गर्नका लागि फेरि पुनर्गठन गरेका छौं ।’

हिजो बसेको मन्त्रिपरिषद् बैठकले संयोजकमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति बनाएको थियो ।

अब उक्त समितिले काम गर्ने र चाँडै गभर्नर नियुक्त हुने सञ्चारमन्त्री गुरुङको भनाइ छ ।

‘महाप्रसाद अधिकारी र पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति बनेको छ । अब तलमाथि नभइ दुई चार दिनभित्र नयाँ गभर्नर पाउँछौं भन्ने आशा लिएका छौं,’ उनले भने ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu