Connect with us
Kapilvast Forest

गृहमन्त्रीको राजीनामाबारे एमालेको ढाकछोप , आरोपले मात्रै सबै कुरा निर्धारण गर्दैन

२०८२, १३ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं –

नेकपा एमालेले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपबारे सम्बन्धित निकायले अनुसन्धान गर्ने बताएको छ ।आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव शंकर पोखरेलले यसबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको बताएका हुन् ।गृहमन्त्री लेखकको राजीनामा बारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘आरोपको मात्रै विषयले सबैकुरा निर्धारण गर्दैन । के भएको छ भन्ने कुरा त सम्बन्धित निकायको ध्यान पुगेकै होला नि रु होइन र ?

पोखरेलले कुनै पनि विषयमा अनुसन्धान र अभियोजन गर्ने निकायहरू रहेकाले ती निकायहरूलाई अनुसन्धान गर्न दिनुपर्ने तर्क गरे । ‘हामी आमसञ्चार माध्यम वा सामाजिक सञ्जालका माध्यमबाट अनुसन्धान अभियोजन गर्ने हक राख्दैनौं,’ उनले भने, ‘राजनीतिक दलहरूले सुशासनका पक्षमा पैरवी गर्दछन् । अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्दछन् । दोषी देखिएहरूका कारबाहीमा पर्दछन् ।’उनले थपे, ‘सामाजिक सञ्जाल र आम सञ्चार माध्यममा के टिप्पणी भयो भन्ने आधारमा फैसला हुँदैन ।’

उनले सचिवालय बैठकमा पार्टीकै विषयमा मात्र छलफल भएको जिकिर गरे । ‘अहिले हामीले पार्टीकै विषयमा कुरा गरेका छौं । सरकारले गर्ने काम त सरकारले गरिहाल्छ । त्यो विषयमा पार्टीले कुनै विशेष निर्देशन दिएको छैन,’ उनले भने ।उनले एमालेलाई सुशासन र पारदर्शिताको नमूना पार्टी भएको बताए । ‘म तपाईंहरूलाई सुनाउन चाहन्छु निर्वाचन आयोगमा पार्टीका तर्फबाट प्रस्तुतभित्र हेर्नुभयो भने सबैभन्दा ज्यादा पारदर्शी पार्टी कुन छ आर्थिक रूपमा( नेकपा एमाले,’ उनले भने, ‘सुशासनको प्रश्नमा सबैभन्दा कम आरोप लागेको, प्रमाणित भएको पार्टी र नेतृत्व कसको छ नेकपा एमाले ।’

उनले थपे, ‘कुनै प्रश्न उठ्दा त्यसलाई गम्भीरतापूर्वक लिने पार्टी को छ नेकपा एमाले । त्यसअर्थमा यो नेकपा एमाले सन्दर्भमा यसप्रकारको प्रश्नहरू आवश्यक छ भन्ने लाग्दैन ।’एमाले भ्रष्टाचारका विरुद्ध र सुशासन, पारदर्शिताको पक्षमा नेपालका राजनीतिक दलहरूमा सबैभन्दा अग्रणी रहेको उनले जिकिर गरे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu