Connect with us
Kapilvast Forest

बुटवलमा धारिलो हतियार प्रयोग गरी आमासहित दुई बच्चाको हत्या 

२०८२, १५ जेष्ठ बुधबारमा प्रकाशित

बुटवल –
बुटवलमा एक महिलासहित दुई  बच्चाको विभत्स हत्या भएको छ । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दिपा बस्याल, उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेको जानकारी दिए । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०र३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।‘धारिलो हतीया र हतौडा प्रयोग गरेर हत्या गरिएको छ। थप अनुसन्धान हुदै छ’जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपि सुरज कार्कीले भने । हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको व्यक्ति रहेको स्थानीयले बताएका छन्। डिभोर्स भएर अर्कैसँग विवाह गरि बसेकीकी पूर्व श्रीमतीलाई पुर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजी ४ बजेतिर हत्या गरेका थिए।

उनीहरुबीच करिब ८–१० वर्ष पहिलेनै सम्बन्ध विच्छेद भएको प्रहरीले बताएको छ। यद्यपी घनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu