Connect with us
Kapilvast Forest

मनकामना वनको अध्यक्षमा विनोद निर्वाचित

२०८२, १९ जेष्ठ आईतवारमा प्रकाशित

न्युजसेन्टर नेपाल– कपिलवस्तुको शिवराज नगरपालिका–१ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन भएको छ । समूहको अध्यक्ष पदमा विनोद कुवर निर्वाचित हुनुभएको हो ।

कुवरको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति चयन गरिएको छ । उपाध्यक्षमा सोनिया थारु, सचिवमा पूर्णमाली विक, सहसचिवमा भूपेन्द्र बहादुर बिष्ट क्षेत्री र कोषाध्यक्षमा सरोज शर्मा निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरूमा पुरन बहादुर खत्री क्षेत्री, समिम अहमद मुसलमान, मिना थापा, गोमा देवी भारती, मोहम्मद वानी र शान्ता रावत क्षेत्री रहेका छन् ।

समूहमा जम्मा १५०४ उपभोक्ता रहेकामा ५८७ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा विनोद कुवरले ३०३ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी डिलप्रसाद गैरेले २४३ मत प्राप्त गरेका थिए ।

निर्वाचनपश्चात उपभोक्ताहरूले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गरेका छन् । उनीहरूले विगतका कमजोरी सुधार गर्दै वन संरक्षण र सम्वर्द्धनमार्फत समृद्धिको बाटोमा समिति अघि बढ्ने अपेक्षा गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष विनोद कुवरले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “वन उपभोक्ताको हितका लागि पारदर्शिता, सहभागिता र उत्तरदायित्वका साथ काम गर्नेछु । विगतका अनुभवलाई मूल्यांकन गर्दै सुधारका प्रयास अघि बढाउँछु । वन संरक्षण मात्र होइन, उपभोक्ताको जीवनस्तर उकास्न आम्दानीमुखी कार्यक्रम ल्याइनेछ ।”

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu