Connect with us
Kapilvast Forest

राजाबदीहरु नयाँ रणनीति बनाउने तयारीमा

२०८२, २२ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं –

राजसंस्था र हिन्दुराज्य पुनर्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’ नयाँ रणनीति बनाउने तयारीमा जुटेको छ ।पहिलो चरणको आन्दोलन उत्साहजनक रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको समितिले आज दिउँसो २ बजे बैठक बसेर अर्को चरणको आन्दोलन सार्वजनिक गर्ने तयारी गरेको छ ।

समितिका संयोजक नवराज सुवेदीले नवदूर्गा पार्टी प्यालेस सुकेधारामा दिउँसो २ बजे बैठक बोलाइएको जानकारी दिए । सो बैठकमा एक हप्ता लामो पहिलो चरणको आन्दोलनको समीक्षा र नयाँ कार्यक्रमको तयारीबारे छलफल हुने उनले बताए । उनका अनुसार सो बैठकमा संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधि सहभागी हुनेछन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu