Connect with us
Kapilvast Forest

माओवादीले राष्ट्रिय सभाबाट माग्यो गृहमन्त्रीको राजीनामा

२०८२, २७ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं –

नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखापरेको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्। सोमबार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद आलेमगरले गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभए पनि उनी मातहतको कार्यालयमा रहेका व्यक्तिहरूको छानबिनमा सहयोग गर्नकै लागि भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिएका हुन्।

प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले संसदीय छानबिन समिति बनेमा गृहमन्त्रीको राजीनामा माग नगर्ने भन्नेकुरा सहमति नजिक पुगे पनि टुंगो नलागेको बताउँदै उनले यदि सहमति नभएमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनलाई सहज बनाइदिनुपर्ने बताए।गृहमन्त्री रमेश लेखक नै पदमा रहँदासम्म निष्पक्ष छानबिन हुन नसक्ने र कुनै न कुनै प्रकारले छानबिन प्रभावित हुने भएकाले त्यसको निराकरणका लागि पनि राजीनामा दिनुपर्नेमा सांसद आलेमगरले जोड दिए।

उनले अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिहरुको छानबिनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको स्पष्ट पारे।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu