सभामुखसँग प्रचण्डले गरे छुट्टै छलफल
काठमाडौं –
सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।उनीहरूबीच संघीय संसद् भवनमा करिब २० मिनेट छलफल भएको हो ।प्रतिनिधिसभामा जारी अवरोध हटाउनेबारे उनीहरूबीच छलफल भएको बताइएको छ ।
सभामुख घिमिरेले बजेटमाथिको छलफलको तालिाका प्रभावित भएको भन्दै सदन खुलाउन भूमिका खेल्न आग्रह गरेका छन् ।बजेटमाथिको छलफल, निजामती विधेयक लगायत अगाडि बढाउन नेतृत्व लिन प्रचण्डलाई सभामुखले आग्रह गरेका हुन् ।सभामुखसँग भेट्नुअघि प्रचण्डले माधव कुमार नेपाल लगायत विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।
जवाफमा प्रचण्डले आफूले सक्दो पहल गर्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन् ।