Connect with us
Kapilvast Forest

जन्मदिनमा केक होइन, ममताको माया, बालबालिकालाई सहयोग

२०८२, २ असार सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका–३ निवासी ममता खनालले आफ्नो जन्मदिनलाई फरक र प्रेरणादायी ढंगले मनाउनुभएको छ ।
साथीभाइसँग पार्टी र केक काट्ने परम्परागत शैलीलाई त्यागेर, उहाँले जन्मदिनको अवसरमा तौलिहवा स्थित कपिलवस्तु बालगृहमा पुगेर त्यहाँ रहेका बालबालिकासँग समय बिताउनु भयो ।
उक्त कार्यक्रममा समाजसेवी व्यक्तित्व सीमा जिसी, तुलसा भट्टराई, रूपा भुसाल लगायतको सहभागिता रहेको थियो ।

उहाँले बालबालिकालाई फलफूल, फ्रुटी खुवाउनुका साथै एक–एक जोर टिसर्ट उपहार प्रदान गर्नुभएको थियो । जन्मदिनमा फजुल खर्च गर्नुको सट्टा बालबालिकालाई खुशी दिन पाउनु नै साँचो सुख र सन्तुष्टि भएको उहाँको भनाइ छ ।

“केक काटेर फोटो खिच्नेभन्दा ती नानीहरूको मुस्कानले धेरै ठूलो अर्थ राख्यो,” ममता खनालले भनिन् ।

उहाँको यस प्रकारको सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ । आपसी सहयोग, माया र सद्भावका साथ जन्मदिन मनाउने संस्कार स्थापित गर्न ममता खनालको प्रयास प्रशंसनीय रहेको छ ।

स्थानीयवासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि उहाँको कामको खुलेर प्रशंसा गरेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu