Connect with us
Kapilvast Forest

वेलमा पढ्दै रास्वपाका सांसदहरू

२०८२, ५ असार बिहीबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरू संसदको वेलमा छन् । भिजिटभिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका उनीहरू बिहीबार वेलमा मौन रहेका छन् ।पलेँटी कसेर बसेका उनीहरूमध्ये कोही बजेट किताब वेलमै बसेर बढिरहेका छन् । कोही मोबाइल चलाइरहेका छन् भने कोही सांसद्का धारणा सुनिरहेका छन् ।

आफूसँग सम्बन्धित र पक्षधरका धारणा रोष्ट्रमबाट व्यक्त हुँदा उनीहरू वेलमै रहेर तिनै किताबमाथि ढ्याप ढ्याप समेत गरिरहेका छन् ।सांसद प्रभु साहले संसद्को अवरोध हटाउने पहल लिन सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने माग राखेका थिए । जसमा रास्वपाका सांसदहरूले ताली बजाएर समर्थन गरेका थिए ।विगतका दिनमा वेलमा नारावाजी समेत गर्दै आएका उनीहरू बिहीबार सुरुमा केहीबेर नारावाजी गरेर बसेका हुन् ।

वेलमा जानु अगाडि रास्वपाका सांसद हरि ढकालले गृहमन्त्री रमेश लेखकमाथि प्रश्नहरू गरेका थिए ।सांसद ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले नजरअन्दाज गरेको आरोप लगाए । जवाफ दिने क्रममा गृहमन्त्री रमेश लेखकले सदनको रोष्ट्रमबाट भुइँ मान्छेहरूको आवाजलाई कटाक्ष गरेको टिप्पणी गरे ।

‘विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो रु विमानस्थलभित्रको अनुसन्धान गरेको, अनावश्यक कर्मचारी विमानस्थलमा थपेको रु सचिवालयका कर्मचारीको सचिवालयको कर्मचारीको सरुवा, डीआईजीका सरुवालगायत किन गरेको रु लगायतका प्रश्न गरे ।आफूहरूले प्रश्नको जवाफ नपाएको भनेर उनले आन्दोलन जारी राख्ने बताए । त्यसपछि रास्वपाका सांसदहरू वेलमा पुगे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu