Connect with us
Kapilvast Forest

शेखर कोइराला भन्छन्– बिचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्

२०८२, ३१ असार मंगलवारमा प्रकाशित

dr-sekhar-koirala-1.jpg

काठमाडौं –

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिचौलियाले मन्त्री क्वाटरमा घुसको ब्रिफकेस छाड्ने गरेको जिकिर गरेका छन् ।सरकारका मन्त्रीहरु घुस डिलको विवादमा तानिए पनि प्रधानमन्त्रीले उनीहरुलाई पदबाट हटाउन नसकेकोतर्फ डा. कोइरालाले व्यंग्य गरेका छन् ।‘यस्तै रहेछ यहाँको चलन’ भन्दै कोइरालाले फेसबुकमा लेखेका छन्, ‘मन्त्रीक्वाटरमा बिहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिमन्त्रीपरिषद बैठकमा भाग लिन्छन् ।’उनले विपक्षी र सत्ता साझेदार आफ्नै पार्टी नेपाली कांग्रेसलाई पनि निसाना साँधेका छन् ।डा. कोइरालाले लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu