Connect with us
Kapilvast Forest

प्रचण्डको प्रस्तावमाथि आजदेखि नेताहरूले धारणा राख्ने

२०८२, १८ श्रावण शनिबारमा प्रकाशित

काठमाडौँ –

 नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा शनिबार नेताहरूले बोल्ने क्रम शुरु हुने भएको छ।बिहान ११ बजे शुरु हुने बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावमा धारणा राख्ने उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। हरेक सदस्यलाई बोल्नका लागि १० मिनेटको समय निर्धारण गरिएको छ ।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले नेताहरू कम्युनिष्ट पार्टीको सिद्धान्तअनुसार नचलेको भन्दै असन्तुष्टि जनाएका थिए। उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रुपमा नेतृत्वमाथि आलोचना गरेकोमा असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले शर्मालाई महाधिवेशनमार्फत नेतृत्व फेर्न चुनौती समेत दिएका छन्।

प्रचण्डले पछिल्ला राजनीतिक घटनालगायत पार्टीको आगामी रणनीति र एकीकृत समाजवादीसँगको एकताबारे पनि जानकारी गराए। शर्माले सार्वजनिकरूपमा दिएका अभिव्यीक्तबारे बैठकमै प्रष्टीकरण दिने तयारी गरेका छन्। यो क्रम आइतबारसम्म चल्ने सापकोटाले बताए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu