Connect with us
Kapilvast Forest

कपिलवस्तुको चन्द्रौटामा अवैध कपडा बरामद

२०८२, २० आश्विन सोमबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा कटनीस्थित चिरञ्जीवी खनालको घरबाट ठूलो परिमाणमा अवैध कपडा बरामद गरिएको छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख सुवास श्रेष्ठको नेतृत्वमा गएको टोलीले घरमा लुकाइछिपाइ राखिएका २३ बोरा ठूला कपडा बरामद गरेको हो ।

श्रेष्ठका अनुसार बरामद गरिएका कपडा थप अनुसन्धानका लागि बुटवल लगिएको छ ।

सशस्त्र प्रहरीका अनुसार उक्त कपडा सन्जय गुप्ता नामको एक नामुद तस्कर गोदाममा भण्डारण गरिएको सूचनाको आधारमा छापा हानिएको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कृष्णनगरका नायब उपरीक्षक (डीएसपी) तुला चौधरीको कमाण्डमा गरिएको संयुक्त अपरेसनमार्फत कपडा बरामद गरिएको हो ।

सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयले यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu