Connect with us
Kapilvast Forest

नागरिकको सुरक्षा गर्नु नै प्रहरीको कर्तव्य हो: एआईजी चतुर्वेदी

२०८२, ७ कार्तिक बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी-कपिलवस्तु ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीले नागरिकको सुरक्षा नै प्रहरीको कर्तव्य भएको बताउनुभएको छ । एआइजी चतुर्वेदीले समुदायको विश्वास र सहकार्य बिना प्रभावकारी प्रहरी सेवा सम्भव नहुने बताएका छन् ।

कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघले आयोजना गरेको “एआईजी सम्मान कार्यक्रम”मा बोल्दै उहाँले भन्नुभयो, “नेपाल प्रहरी केवल कानूनी निकाय होइन, यो समाजको अभिन्न हिस्सा हो ।

अपराध नियन्त्रण, शान्ति सुरक्षा र विकासको पूर्वशर्त नै प्रहरी र समुदायबीचको विश्वास हो ।”

उहाँले प्रहरी सेवामा पारदर्शिता, उत्तरदायित्व र जनमुखी दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

चतुर्वेदीले नेपाल प्रहरीलाई आधुनिक प्रविधि र सामुदायिक सहभागितासँग जोडेर अघि बढाइरहेको उल्लेख गर्दै जनताको विश्वास जित्नु नै प्रहरीको ठूलो उपलब्धि भएको बताउनु भयो ।

एआईजी उमा प्रसाद चतुर्वेदीलाई कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तिरेश शर्माले माला, खादा र प्रशंसापत्र अर्पण गरी सम्मान गर्नुभएक थियो ।

कार्यक्रममा अतिथिका रूपमा प्रहरी उपरीक्षक सन्तोष आचार्यको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा कांग्रेस नेता ब्रम्हनन्द उपाध्याय, अकिल मिया, मुक्तेश्वर मिश्रा, विनय गिरी, नेकपा माओवादी केन्द्रका नेता जावेद आलम खाँ हुनुन्थ्यो ।
समाजसेवी कुनाल प्रताप शाहले एआइजी उमा प्रसाद चतुर्वेदीलाई २० किलोको मालाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाको दलित समुदायबाट एमबिबिएस गरेकि डक्टर स्मृति हरिजनलाई समेत सम्मान गरिएको उद्योग वाणिज्य संघ कृष्णनगरले जनाएको छ ।

कार्यक्रमको स्वागत मनतब्य हरि ओम तुलस्यानले गर्नुभयो ।
भने स्वागत मन्तव्य कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष तिरेश शर्माले दिनुभयो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu