Connect with us
Kapilvast Forest

एमाले नेता थापा सहित ५८ जना रास्वपामा प्रवेश

२०८२, ३० कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिजयनगरमा जनसवाद तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमाले कपिलवस्तुका जिल्ला सदस्य लोकेस थापा सहित ५८ जना रास्वपामा प्रवेश गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश उपसभापति सालिग्राम घिमिरेले रास्वपा नै अहिलेको विकल्प भएको बताएका छन् । उनले सभापति रवि लामिछानेविरुद्ध षड्यन्त्रपूर्वक फसाउने प्रयास भइरहेको दाबी गर्दै जनताको साथ रास्वपालाई अझ बलियो बनाइरहेको बताए ।

त्यसैगरी, नेता आनन्द यादवले देशलाई उन्नति, सुशासन र विकासतर्फ लैजान रास्वपा बाहेक अर्को विकल्प नभएको जिकिर गरे । उनका अनुसार, पुराना दलहरूले दिएको निराशाबाट जनता अहिले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित भएका छन् ।

पार्टी प्रवेश गर्दै लोकेस थापाले लामो समय एमालेमा रही काम गरे पनि जनताको भावना अनुसार पार्टीले काम गर्न नसकेको बताए । अब रास्वपाबाट जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गर्दै उनले परिवर्तनमा सक्रिय भूमिका निभाउने घोषणा गरे ।

कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu