Connect with us
Kapilvast Forest

कपिलवस्तुमा मंसिर २ गते बृहत रक्तदान कार्यक्रम हुने

२०८२, १ मंसिर आईतवारमा प्रकाशित

कपिलवस्तुमा मंसिर २ गते बृहत रक्तदान कार्यक्रम हुने

कपिलवस्तुमा मंसिर २ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ। सब डिभिजन वन कार्यालय मोतीपुर कपिलवस्तुले आउँदो मङ्सिर २ गते बृहत रक्तदान कार्यक्रम–२०८२ आयोजना गर्ने जनाएको छ।

“रक्तदान जीवनदान, महादान” भन्ने मुल नारासहित हुने यो कार्यक्रममा स सामुदायिक वन उपभोक्ता समूह तथा स्वयंसेवी युवाहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ ।

कार्यक्रम व्यवस्थापक तथा वन अधिकृत एजाज अन्सारीले रगत अभाव हुन नदिन कार्यालयले प्रत्येक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले यस वर्ष पनि समुदायको सहयोगमा प्रभावकारी रक्तदान कार्यक्रम सफल बनाउने तयारी पूरा भएको बताउनुभयो ।

अन्सारीका अनुसार, अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा देखिने रगत अभाव कम गर्न यस्तो कार्यक्रम महत्वपूर्ण हुने भएकाले यसपटक अझ धेरै दाताहरू सहभागी हुने विश्वास गरिएको छ ।

अन्सारीले सवैलाई कार्यक्रम दिनमा उपस्थित भई रक्तदान गर्न आग्रह गर्दै रक्तदानलाई मानवीय सेवाको सर्वोच्च कार्यको रूपमा वर्णन गर्नुभयो ।

उक्त कार्यक्रम सब डिभिजन वन कार्यालय, मोतीपुरको प्राङ्गणमा बिहान ८ बजेदेखि हुनेछ।

कार्यक्रमलाई ब्लड बैंक भैरहवा र ब्लड बैंक बाणगंगाले प्राविधिक सहयोग प्रदान गर्नेछन् ।


Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu