Connect with us
Kapilvast Forest

युरिया मलमा जालझेल, कपिलवस्तुका प्रेमचन्द्र यादवको खेल

२०८२, १८ मंसिर बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल, कपिलवस्तु — मल तस्करी र अवैध ढुवानी नियन्त्रणमा सुरक्षा निकाय कडाइका साथ सक्रिय भइरहेका बेला कपिलवस्तुका प्रेमचन्द्र यादवको संलग्नता रहेको अर्को मल प्रकरण सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध रूपमा ल्याइएका १ सय २० बोरा युरिया मल सहित एक ट्रक नियन्त्रणमा लिएपछि मल आपूर्तिमा चल्दै आएको जालझेल पुनः सतहमा आएको हो ।

पाल्पा प्रहरीका अनुसार गएराति करिब १२ः५५ बजे सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बगनासकाली गाउँपालिका–३, आर्यभन्जाङ नजिक चेकजाँचका क्रममा लु प्र ०१–००१ ख ०९५९ नम्बरको ट्रक रोकेर तलासी लिँदा ठूलो मात्रामा युरिया मल फेला परेको थियो । उक्त टरक कपिलवस्तुका प्रेमचन्द्र यादवको नाममा रहेको छ ।

ट्रक चालकले बगनासकाली–३ बाट काठमाडौंका लागि मल ढुवानी गरिएको बिल देखाए पनि कागजपत्र शंकास्पद देखिएपछि विस्तृत अनुसन्धान गर्दा बिल नक्कली रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारीका अनुसार बरामद मल  कृषि समाग्री केन्द्र भैरहवाबाट सेटिङमा लगेको आशंका गरिएको छ । नियन्त्रणमा लिइएको ट्रक तथा चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको छ ।

प्रहरीका अनुसार कपिलवस्तुका प्रेमचन्द्र यादवले भैरहवाबाट सो मल ल्याई स्याङ्जाको एक सहकारीका नाममा कागज मिलाएर पाल्पामा बेच्न खोज्दा पक्राउ गरिएको हो ।

स्थानीय स्रोतका अनुसार यादव यसअघि पनि मल ढुवानी, आपूर्ति अनियमितता र तस्करीमा संलग्न रहेको आरोप लाग्दै आएको थियो ।

हालै समातिएको मल प्रकरणमा समेत यादवकै संलग्नता रहेको भन्दै प्रहरीमा उजुरी बढ्दै गएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

यस घटनाले फेरि एक पटक मल आपूर्तिमा देखिँदै आएको अव्यवस्था, तस्करी र दलालहरूको जालझेल उजागर भएको छ ।

किसानले आवश्यक समयमा मल नपाइने तर तस्करीमार्फत भण्डारण गरी मनपरी मूल्यमा बेच्ने गिरोह सक्रिय रहेको आरोप किसान तथा स्थानीयबीचबाट उठ्दै आएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu