Connect with us
Kapilvast Forest

मिर्जाको नाम समानुपातिक बन्द सुचिमा

२०८२, १५ पुष मंगलवारमा प्रकाशित

न्युजसेन्टर नेपाल, कपिलवस्तु-
कपिलवस्तुका ऊर्जावान, कर्मशील तथा लोकप्रिय युवा नेता मिर्जा राशिद बेग राष्ट्रिय राजनीतिमा थप सशक्त रूपमा उदाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसदको बन्द सूचीमा मिर्जा राशिद बेगको नाम समावेश भएपछि कपिलवस्तु मात्र होइन, लुम्बिनी प्रदेशमै उनको चर्चा चुलिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको बन्द सूचीअन्तर्गत मुस्लिम समुदायतर्फ मिर्जा राशिद बेगको नाम परेको हो ।

रास्वपाको जनसम्पर्क विभागका केन्द्रीय सदस्यसमेत रहेका बेग कपिलवस्तु जिल्लाबाट एकल नाम सिफारिस हुने सौभाग्य प्राप्त नेता बनेका छन्, जसले उनको पार्टीभित्रको विश्वास र जनआधारलाई स्पष्ट संकेत गर्छ ।

मुस्लिम समुदायतर्फ समानुपातिक सूचीमा पहिलो वरियतामा असिफ शाह र दोस्रो वरियतामा मिर्जा राशिद बेगको नाम परेको छ । त्यस्तै तेस्रोमा समिना मिया र चौथोमा मोहना अन्सारीको नाम सिफारिस गरिएको छ ।

रास्वपा केन्द्रीय समिति तथा लुम्बिनी प्रदेश छनोट समिति संयोजक गणेश पराजुलीका अनुसार घरदैलो अभियान, नीति–कार्यक्रम समेटिएको ब्लुप्रिन्ट प्रस्तुति र भोटिङमार्फत प्राप्त अंकका आधारमा समानुपातिक सूची तयार गरिएको हो ।

यस प्रक्रियाबाट मिर्जा राशिद बेग उच्च मूल्याङ्कनसहित छनोट हुनु उनको संगठन क्षमता, राजनीतिक स्पष्टता र जनसम्पर्कको बलियो आधारको प्रमाण मानिएको छ ।

छोटो समयमै पार्टी संगठन सुदृढीकरण, युवालाई राजनीतिमा आकर्षित गर्ने अभियान र समावेशी राजनीतिका पक्षमा निरन्तर आवाज उठाउँदै आएका मिर्जा राशिद बेगलाई कपिलवस्तुका भविष्यका राष्ट्रिय नेता का रूपमा हेरिन थालिएको छ ।

उनको नाम बन्द सूचीमा परेपछि स्थानीय स्तरमा समर्थक तथा शुभेच्छुकहरूमा उत्साह बढेको छ भने कपिलवस्तुले केन्द्रमा बलियो प्रतिनिधित्व पाउने अपेक्षा समेत थपिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu