बालेन पाँचथरको सदरमुकाम फिदिम पुगे
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाह पाँचथरको सदरमुकाम फिदिम पुगेका छन्। नेता शाह पार्टीको संगठन विस्तार तथा स्थानीय नेता–कार्यकर्तासँग छलफलका लागि फिदिम आएका हुन्। फिदिम आगमनपछि उनले पार्टीको आगामी रणनीति, समसामयिक राजनीतिक अवस्था र स्थानीय मुद्दाका विषयमा कार्यकर्तासँग संवाद गर्ने कार्यक्रम रहेको जनाइएको छ।उनको आगमनलाई लिएर स्थानीय रास्वपा कार्यकर्तामा उत्साह देखिएको छ। नेता शाहको फिदिम बसाइका क्रममा विभिन्न भेटघाट तथा कार्यक्रमहरू आयोजना गरिने पार्टी स्रोतले जनाएको छ।
यसअघि झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शाहले बिहीबार बिहान इलाममा पुगेर प्रचार अभियानलाई निरन्तरता दिएका हुन्। उनले केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने गरी प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गरिसकेका छन्।मनोनयन दर्तापछि शाहले दमकस्थित पार्टीको सम्पर्क कार्यालयमा समर्थक तथा कार्यकर्तासँग भेटघाट गरेका थिए। साथै उनले झापा, मोरङ र सुनसरीका विभिन्न निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूसँग समन्वय र छलफलसमेत गर्ने भएका छन्।