Connect with us
Kapilvast Forest

चितवन पुगे रवि लामिछाने

२०८२, २३ माघ बिहीबारमा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारकै बिच चितवन पुगेका छन्। खुट्टामा गम्भीर चोट लागेकाले उनी हाल सहज रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्।घटनापछि पहिलोपटक सार्वजनिक भएको तस्बिरमा लामिछानेको बायाँ खुट्टा कुर्कुच्चादेखि घुँडासम्म ब्यान्डेज गरिएको देखिन्छ। खुट्टा मोडेर बस्नसमेत कठिनाइ भइरहेको स्रोतले जनाएको छ।

पत्नी निकिता लामिछानेले उनलाई एम्बुलेन्समार्फत विमानस्थलसम्म पुर्‍याएकी थिइन्। चितवन पुगेका लामिछानेले आफ्नै निवासबाट सीमित भेटघाट गर्ने तयारी गरेका छन्। चिकित्सकहरूले तत्काल चुनावी प्रचारमा सक्रिय नहुन सुझाव दिएका छन्।रवि लामिछाने चितवन २ बाट रास्वपाका उम्मेदवार हुन्। जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुन जाने क्रममा उनी दुर्घटनामा परेर घाइते भएका थिए। त्यसयता उनी सार्वजनिक रूपमा देखिएका थिएनन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu