Connect with us
Kapilvast Forest

कपिलवस्तु जूनियर जेसिजद्वारा प्रजातन्त्र दिवसको अवसारमा आयोजीत वक्तृत्व कला प्रतियोगिता सम्पन्न

२०८२, ६ फाल्गुन बुधबारमा प्रकाशित

निजामुद्दीन तेली
२०८२ फागुन ६
कपिलवस्तु । कपिलवस्तु जूनियर जेसिजको आयोजनामा प्रजातन्त्र दिवसको अवसारमा आयोजीत वक्तृत्व कला प्रतियोगिता कार्यक्रम जेसीज सचिवालय को सभाहलमा सम्पन्न भएको छ।  प्रमुख अतिथी बाणगंगा नगरपालिका उप प्रमुख रित कुमारी थाप कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कपिलवस्तु  जेसीज वर्ष २०२२ का अध्यक्ष नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष जेसी गुरु देव पौडेल ले यस्ता कार्यक्रम लाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

‎यो वक्तृत्व कला प्रतियोगितामा बाणगंगा नगरपालिकामा सञ्चालित जनता मा.वि. पिपरा ,ज्ञानपुञ्जा मा.वि.बैरिया ,होराइजन मा.वि. सिद्धपुर ,बाणगंगा मा.वि. गजेहड़ा र लउगाइ विद्यालयका छात्रछात्राको सहभागिता थियो। विद्यार्थीहरुले आफ्नो अन्तरनिहित प्रतिभा वक्तित्व कला मार्फत प्रषफुटन गरेका छन। जसमा प्रथम स्थान बाणगंगा मा.वि.लउगाइ की छात्रा प्रतिष्ठा भण्डारी र द्वितीय स्थान  सनकल्प भुसाल ज्ञानपुञ्जा मा. वि.र ‎होराइजन मा.वि. सिद्धपुर की छात्रा अञ्जली  गैरे ले तृतीय स्थान हासिल गरे की हुन। विद्यार्थीहरुलाई प्रमाणपत्र र पुरस्कार सहित सम्मानित गरिएको छ।

‎कार्यक्रम नितेश बन्जेड को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन भुवन न्यौपाने ले गर्नुभएको थियो भने कार्यक्रम संयोजक एन्जल न्यौपाने को सहजीकरण तथा शुभकामना मन्तव्यमा सम्पूर्ण शिक्षकहरुको प्रतिनिधित्व  गर्दै रोमकान्त घिमिरे ले दिनु भयो र  कपिलवस्तु जेसीज वर्ष २०२६  का महासचिव निल कमल थारु ले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको प्रमुख अतिथी बाणगंगा नगरपालिका उप प्रमुख रित कुमारी थापा ले मन्तव्यमा कार्यक्रमको संस्था नभई नेतृत्व, अनुशासन र सेवाको पाठशाला भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले युवामा नेतृत्व गर्ने साहस, निर्णय क्षमता र समाजप्रतिको उत्तरदायित्व विकास गर्छ। आजको सिकाइ नै भोलिको सफल नेतृत्वको आधार हो।” भनाइ राख्दै कार्यक्रम सम्पन्न भएको थियो।

‎कार्यक्रममा कपिलवस्तु जेसिजका पदाधिकारी, सदस्यहरू तथा जुनियर जेसिजका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमले नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै जेसीज प्रतिको बुझाइ स्पष्ट बनाएको प्रतिक्रिया दिएका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu