विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै प्रधानमन्त्री बालेन
काठमाडौ । प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दैछन्।
प्रधानमन्त्री कार्यालयका अनुसार शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विदेशी राजदूतहरूसँग सामूहिक भेट हुन लागेको हो। भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्।
देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सामूहिक छलफलका लागि भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जन बढी देशका राजदूतहरुलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ ।