Connect with us
Kapilvast Forest

सांसद पुनम अग्रवाल कपिलवस्तुको कृष्णनगर पुगेपछी…

२०८३, १२ बैशाख शनिबारमा प्रकाशित

न्युजसेन्टर नेपाल
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको आयोजनामा प्रतिनिधि सभा सदस्य सांसद पुनम अग्रवालसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नगरप्रमुख रजत प्रताप शाहले कृष्णनगर नगरपालिकामा व्यवस्थित अस्पताल तथा बसपार्क निर्माणका लागि पहल गरिदिन सांसद अग्रवालसमक्ष आग्रह गर्नुभएको छ ।

नगरप्रमुख शाहका अनुसार नगरपालिकाका सिँचाइ, स्वास्थ्य, कृषि, मलखाद आपूर्ति, भन्सार समस्या, उद्योग सञ्चालनमा देखिएका चुनौती, बालबिटौरी लगायतका विभिन्न विषयमा सांसद अग्रवाललाई जानकारी गराइएको थियो ।

प्रतिनिधि सभा सदस्य सांसद पुनम अग्रवालले राष्ट्रिय स्वतन्त्र पार्टीले कपिलवस्तु क्षेत्र नं. ३ को जिम्मेवारी दिई पठाएको बताउँदै पार्टीको निर्देशनअनुसार जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले कपिलवस्तुको समग्र विकासका लागि स्थानीय तहदेखि संघीय संसदसम्म आवाज उठाउने धारणा राख्दै जनताका समस्या समाधानका लागि निरन्तर पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा कृष्णनगर नगरपालिकाका जनप्रतिनिधि, उद्योगी, राजनीतिक दलका प्रतिनिधि तथा युवा समाजसेवीहरूको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले कपिलवस्तुको विकासका लागि सडकदेखि सदनसम्म प्रभावकारी रूपमा आवाज उठाइदिन सांसद अग्रवालसँग माग राखेका थिए ।

कार्यक्रममा विकास निर्माण, सेवा प्रवाह र स्थानीय समस्याको समाधानमा समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu