उद्योग मन्त्रालय मातहतका दुई संस्थान प्रमुखले दिए राजीनामा
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पुराना राजनीतिक नियुक्ती लिएकालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आह्वान गरेपछि उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयअन्तर्गतको दुई संस्थानका प्रमुखले राजीनामा दिएका छन्।
अर्थ मन्त्रालयद्वारा प्रकाशित सार्वजनिक संस्थानको बार्षिक स्थिति समिक्षा, ०८२ अनुसार हाल देशभर ४५ संस्थान संचालनमा छन्। यीमध्ये उद्योग मन्त्रालय मातहत हेटौंडा सिमेन्ट, जनकपुर चुरोट, नेपाल औषधी, उदयपुर सिमेन्ट, नेपाल ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो, नेपाल मेटल कम्पनी, धौवादी फलाम कम्पनी, आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, बिशाल बजार कम्पनी, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेड र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र गरी १४ संस्थान छन्।
यीमध्ये अधिकांश सस्थान प्रमुखले विगतमा राजनीतिक निकटता, सत्ता र शक्तिको पहुँचमा नियुक्ती लिएका थिए। त्यसैले, प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले बिगतको राजनीतिक नियुक्ति खारेज गर्न सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पेश गरिसकेको छ।