डोजर चलिसकेपछि सुकुमवासी बस्ती पुगेर बाबुरामले भने- चिन्ता नगर्नुस्, हामी साथमा छौँ
काठमाडौँ –
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा भत्काइएको सुकुमवासी बस्तीका पीडितसँग भेट गरी उनीहरूको पछिल्लो अवस्था र समस्याबारे जानकारी लिएका छन्।भेटका क्रममा विस्थापित परिवारले राज्यका विभिन्न निकायबाट आफूहरूले भोग्नुपरेको सास्ती र प्रशासनिक उदासीनताबारे गुनासो पोखेका छन् ।
पीडितले हालैको वर्षा र बाढीका कारण आफ्नो उठिबास भएको र बस्ने–खाने कुनै ठेगान नभएको बताए। बाढीले घरभित्रका सामान निकाल्न समेत नपाएको र विद्युतका लाइन काटिएपछि अन्धकारमा बस्नुपरेको उनीहरूले बताए। यस्तो विषम परिस्थितिमा पनि सम्बन्धित निकायले समस्या समाधान गर्नुको साटो ‘कालोसूचीमा राख्ने’ वा ’सामान सिज गरिदिने’ जस्ता धम्कीपूर्ण कुरा गरेर मानसिक तनाव दिएको उनीहरूको भनाइ छ।