Connect with us
Kapilvast Forest

कपिलवस्तुको अनिरुद्ध माविमा ७ लाख घोटाला

२०८३, २३ बैशाख बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-

कपिलवस्तुको यशोधरा गाउँपालिका ५ बैदौलीमा रहेको अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयमा आर्थिक हिनामिना भएको रहस्य खुलेको छ ।

विद्यालयका प्रधानाध्यापक रमेश कुमार पाण्डे  र विद्यालयका लेखा राजु सिंहले विद्यार्थीबाट अवैध रुपमा लिएको रु ७ लाख रकम हिनामिना तथा घोटाला गरेको स्थानीयले आरोप लगाएका छन ।

प्रअ पाण्डे र लेखा सिंहले विद्यार्थीबाट अवैध रूपमा असुल गरेको रकम विद्यालयको खातामा जम्मा नगरी स्वयंको खातामा जम्मा गरेको स्थानीयको आरोप छ ।

एक वर्षको अवधीमा विद्यार्थीहरूबाट वार्षिक रु ४० लाख शुल्क असुलेर रकम हिनामिना गरेको स्थानीय राहुल यादवले बताउनुभयो । विद्यालयको हिसाबकिताब माग्दा विद्यालयका प्रधानाध्यापक पाण्डे र लेखाले हिसाबकिताब दिन आनाकानी गरेको स्थानीयको अब्दुल खानले जानकारी दिनुभयो ।

विद्यालय प्रशासनले स्थानीयबाट पेलेरै रकम उठाउने गरेको स्थानीय शिव बलक केवटले बताउनुभयो । शिव बालकले समाजिक सञ्जालमा लेख्दै ४६ हजार २ सय ९० रुपैयाँ बुझाएको रसिद नै पोस्ट गर्नु भएको छ । विद्यालयमा आर्थिक हिनामिनाका विषय यसभन्दा पहिला उठे पनि साम्य पार्दै आएका थिए ।

यता विद्यालयका प्रधानाध्यापक रमेश कुमार पाण्डेले आक्रोशित हुदै भने “हो मैले खाएको हु के गर्ने सक्नु हुन्छ ।” विद्यालयमा के भएको हो भन्ने प्रश्नमा पाण्डे आक्रोशित हुँदै भने “म कस्तो मान्छे हो तपाईलाई थाहा छैन।”

प्रअ पाण्डेले आफुमाथि लगाइएको आरोप झुठो हो, मैले एक पैसा पनि नखाएको बताउनु भयो ।

त्यस्तै विद्यालयका हिसाबकिताब हेर्ने राजु सिंहले आर्थिक हिनामिना भएको स्विकार गर्नु भयो । उहाले भन्नुभयो “हामीले हिसाबकिताब गर्दा ७ लाख भन्दा बढी रकम दाखिला भएको थिएन । सो रकमको मैले नै जिम्मेवारी लिएको छु ।”  शिक्षक रहेका सिंहले लेखा शाखा समेत हेर्नू परेकाले हिसाबकिताब तलमाथि भएको सिंहले बताउनु भयो ।

सिंहले रु २ लाख जम्मा गरिसकेको बताउनु भयो । यहि आर्थिक मसान्तसम्म अरु ५ लाख जम्मा गर्ने न्युजसेन्टरलाई बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu