Connect with us
Kapilvast Forest

कपिलवस्तुमा सशस्त्रद्वारा २५ लाखको यौनवर्दक औषधी बरामद

२०८३, २९ जेष्ठ शुक्रबारमा प्रकाशित

कपिलवस्तु- सशस्त्र प्रहरीले भारतबाट ल्याउदै गरेको २५ लाख बराबरको यौन बर्द्वक औषधि पक्राउ गरेको छ । यौन उत्तेजनाका लागि प्रयोग गरिने करिब २५ लाख बराबरको औषधि शुक्रबार दिउसो शशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कपिलवस्तुले बरामद गरेको हो । कृष्णनगर नाका हुदै भारतबाट अवैध रूपमा औषधि ल्याउदै गरेको सूचना पाएपछि शशस्त्र डिएसपी यज्ञमान साउदको टोलीले सीमा क्षेत्रमा खानतलासी गर्दा बेवारिसे अवस्थामा कृष्णनगर १ शिवानगरबाट ३३० थान युरिफिल ईफेक्ट नामक औषधि बरामद गरेको थियो ।
बरामद औषधिको बजार मुल्य २४ लाख ७५ हजार रहेको र आवश्यक कार्वाहिका लागि कृष्णनगर भन्सार कार्यालय पठाईएको शशस्त्र प्रहरी बल २८ हेक्वा प्रमुख शशस्त्र प्रहरी उपरिक्षक गोपाल अधिकारीले जानकारी दिए । बरामद भएको उक्त औषधिको नेपालमा बिक्री वितरण अनुमति भए नभए बारे समेत औषधि ब्यवस्था बिभाग संग जानकारी लिने कार्य भईरहेको र थप अनुसन्धान जारी रहेको कृष्णनगर भन्सारले जनाएको छ । नेपालमा औषधि तथा सर्जिकल सामाग्रीको कर बढेसंगै भएको मुल्यवृद्दि का कारण सीमाक्षेत्रबाट यसको चोरी तस्करी तथा अवैध ओसार पसार मौलाएको छ । सम्भावित चोरी तस्करी नियरूत्साहन गर्न शशस्त्र प्रहरीले सीमा क्षेत्रहरूमा नियमित गस्ती तथा कडाई गर्दै आईरहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu