Connect with us
Kapilvast Forest

यशोधरा:पालिका अध्यक्ष र ठेकेदार हाकिम खोज्दै ओखलढुंगा पुगेपछी…

२०८३, १८ असार बिहीबारमा प्रकाशित

कपिलवस्तु-

आफ्नै गाँउपालिकाको योजना अलपत्र पार्ने ठेकेदार बोकेर यशोधरा गाउँपालिका अध्यक्ष ओखलढुंगा पुगेका छन् । गाउँपालिका अध्यक्ष शिवदयाल त्रिपाठीले भाग्यलक्ष्मी कन्ट्रक्सनका ठेकेदार पुरन चौधरीलाई लिएर ओखलढुंगा पुगेका हुन् ।

पालिकाका तत्कालिन प्रशासकिय अधिकृत ऋषभदेव खनाल हाल कार्यरत रहेको ओखलढुंगाको चम्पादेवी गाँउपालिका पुगेर अध्यक्ष तिवारीले मंगलबार पुराना मितिमा विभिन्न कागजातहरुमा खनालको सहिछाप गराएको श्रोत बताउछ ।

असार मसान्तको चटारोका बिच गाउँपालिकाको विकासे तथा अन्य योजनाहरुको अनुगमन तथा बार्षिक निति तथा कार्यक्रम बनाउन छाडेर अध्यक्ष तिवारी योजना हेर्ने सब ईन्जिनियर प्रदिप चौधरी र ठेकेदार पुरनलाई लिई खनाललाई भेट्न पुगे पछी आर्थिक चलखेल भएको हुन सक्ने स्त्थानियले शंका ब्यक्त गरेका छन  ।

कर्मचारी श्रोतका अनुसार आर्थिक बर्ष २०८१÷८२ मा ठेक्का सम्झौता भएका दुई वटा सडक कालोपत्रे योजनाहरुको ठेकेदार कम्पनीले भेरिएशन आदेश नलिई काम गरेका कारण भुक्तानी रोकिएपछि पुरानो मितिमा सहिछाप गरेर रकम निकासाका लागि अध्यक्षले ठेकेदार र पालिकाको ईन्जिनियर बोकेर ओखलढुंगा पुगेका थिए ।

उक्त दुबै सडक निर्माण आयोजना सम्बन्धमा अख्तियारमा समेत उजुरी परेको र अनुसन्धानकै क्रममा रहेकाले कागजात मिलाउनका लागि समेत साइट हेर्ने इन्जिनिर नै बोकेर अध्यक्ष गएको हुन सक्ने श्रोतको दाबी छ ।

संघिय सरकारको अनुदानमा गाउँपालिकाले आ.ब.२०८१÷८२ मा यशोधरा गाउँपालिका जोड्ने रिंगरोड तथा पोखरभिटवा देखि लोहरौली हुदै सोनबर्षी सडक कालोपत्रे तथा सोहि आब मै प्रदेश सकारको अनुदानको यशोधरा रिङरोडको सडक निर्माणको ठेक्का लगाएको थियो ।

ठेक्का पाएको भाग्यलक्ष्मी निर्माण सेवाले २ बर्ष भित्रमा कार्य सम्पन्न गनुपर्नेमा हाल सम्म कार्य सम्पन्न नगरि करिब ५५ प्रतिशत रकम भुक्तानी लगिसकेको छ भने गतबर्ष नै ठेक्काको म्याद सकिएको छ ।

हाल ओखलढुंगाको चम्पादेवी गाँउपालिकाका प्रशासकिय अधिकृत खनाल २०८१ जेष्ठ देखि २०८३ मंसिर सम्म यशोधरामा प्रमुख प्रशासकिय अधिकृत पदमा कार्यरत थिए ।
तीन बर्षमा बनेन २ किमी सडक
गाउँपालिका अध्यक्ष शिवदयाल तिवारी तथा सब ईन्जिनियर प्रदिप चौधरीले ओखलढुंगा बोकेर लगेका तिनै ठेकेदारले पालिकाका दुई महत्वपूर्ण योजना अलपत्र पारेका छन् ।

भाग्यलक्ष्मी निर्माण सेवाले संघिय सरकारको सहयोगमा निर्माण भइरहेको ३ करोड ३५ लाखको पोखरभिटवा–सोनबर्षी सडक तथा ३ करोड बढिको यशोधरा रिंगरोड सडक कालोपत्रे योजना अलपत्र पारेका हुन् । ठेक्का सम्झौताको ३ बर्ष पुगिसक्दा समेत जम्मा २ किलोमिटरका उक्त सडक कालोपत्रे हुन सकेका छैनन् ।

कालोसूचीमा राखेर धरौटी जफत गर्नुपर्ने ठेकेदारलाई पालिका अध्यक्षले नै बोकेर हिड्न लज्जास्पद रहेको स्थानीयबासी हजरत अलीको भनाई छ ।

“तराईको सम्म भूभागमा ३ बर्षमा २ किलोमिटर पनि बाटो बनाउन नसक्ने ठेकेदारको लाईसेन्स तत्काल खारेज गर्नुपर्छ” उनले भने ।
पालिका श्रोतका अनुसार संघिय योजनाको पोखरभिटवा–सोनबर्षी सडक तथा लुम्बिनी प्रदेश अनुदानको यशोधरा रिंगरोड सडकको योजना नै फ्रिज भएको छ । “यि दुबै सडक योजनामा आगामी आ.ब.का लागि बजेट विनियोजन भएको छैन, यिनको दायित्व अब आन्तरिक श्रोत न्यून भएको यशोधराले कसरी बोक्ने” एक वडाअध्यक्षले भने ।

गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी तथा ठेकेदार तिनै पक्षको गल्तीका कारण उक्त दुबै सडक योजना अलपत्र परेको स्थानीयबासीहरुको आरोप छ ।

साभार: जनआस्था डटकम 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu