Connect with us
Kapilvast Forest

विप्लव नेतृत्वको पार्टीबाट अलग भएकाहरुले बिउँताए नेकपा

२०८३, २१ असार आईतवारमा प्रकाशित

बुटवल –
रुपन्देहीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट अलग भएकाहरुको भेलाले साविकको नेपाल कम्युनिष्ट पार्टी नेकपा बिउँताउँदै ४५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

तत्कालीन नेकपा स्थायी समिति सदस्य उमा भुजेल, चन्द्रबहादुर खड्कालगायतका नेतालाई विप्लवले निष्कासन गरेपछि ३० जना बढी नेता कार्यकर्ताले नेकपा माओवादी परित्याग गरेका थिए ।

बुटवलमा सम्पन्न भेलाले विष्णु तिवारी जिल्ला संयोजक रहेको ४५ सदस्यीय नेकपा जिल्ला समिति रुपन्देही गठन गरेको छ। यस्तै केन्द्रीय सदस्य शरद वलीलाई जिल्ला इन्चार्ज तोकेको छ ।

भेलाबाट देवदह, ओमसतिया र रोहिणी क्षेत्रको इन्चार्जमा मदन थारु, सिद्धार्थनगर नगरपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाको इन्चार्जमा शंकर ज्ञवाली, मायादेवी र गैडहवा गाउँपालिकाको इन्चार्जमा अविराम यादव तथा सचिवमा रामवचन यादव चयन भएका छन् ।

त्यसैगरी बुटवल उपमहानगरपालिकाको इन्चार्जमा महेन्द्र टण्डन र सचिवमा दीपक पौडेल, कञ्चन गाउँपालिकाको इन्चार्जमा सोमनाथ शर्मा, तिलोत्तमा नगरपालिकाको इन्चार्जमा श्रीधर ज्ञवाली, मर्चवारी गाउँपालिकाको इन्चार्जमा नन्दलाल लोध तथा सियारी गाउँपालिकाको सचिवमा अनवर यादव चयन भएका छन् ।

सैनामैना क्षेत्रको संगठनात्मक जिम्मेवारी जिल्ला कार्यालयले हेर्ने निर्णय गरिएको छ । यस्तै पार्टीका जनवर्गीय संगठनहरुको समेत जिम्मेवारी तोकिएको छ ।

भेलामा पार्टीका कार्यालय सदस्य भेषराज भुषाल, कार्यालय सदस्य वसन्त श्रेष्ठ,केन्द्रीय सदस्य जया पौडेल लगायत नेताहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै जनपक्षीय राजनीतिक शक्ति निर्माण गर्न आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले संगठन विस्तार, वैचारिक स्पष्टता र जनआधारित आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu