सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको प्रश्न- तपाईँ गृहमन्त्री कि कन्टेन्ट क्रियटर
शुक्रबार प्रतिनिधिसभा बैठकमा शाहीले गृहमन्त्री राहदानी विभागअगाडि बिहीबार आत्मदाह गरेका गणेश नेपालीको ज्यान जोगाउन भन्दा ‘स्टन्ट’ गर्नतर्फ लागेको आरोप लगाएका हुन्।
गृहमन्त्री मिडिया र क्यामेरा बोकेर फिल्मको नायक जस्तै एयरपोर्ट र सडकमा दौडिरहेको तर जनताको ज्यान बचाउन असफल भएको उनको आरोप लगाए। ‘गृहमन्त्रीज्यू, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर? क्यामेरामा लाइक र भ्युज पाउनका लागि गरिने स्टन्टले जनताको ज्यान बच्दैन,’ उनले भने, ‘यदि समयमै एयर एम्बुलेन्सको व्यवस्था गरेर गणेश नेपालीलाई दिल्ली पुर्याइएको भए आज उनी जीवित हुने थिए।’
गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेको निहुँमा १० हजार रुपैयाँ जरिवानाको तनावले आत्मदाह गरेको भन्दै शाहीले यसलाई राज्यको नीतिले गराएको हत्याको संज्ञा दिए। ‘१० हजार जरिवाना तिर्न नसकेर एउटा युवाले मर्नुपर्ने रु यो कस्तो न्याय हो?’ उनले भने ।