Connect with us
Kapilvast Forest

धरान स्कारपियो दुर्घटना, दुईको मृत्यु

२०८३, ३० असार मंगलवारमा प्रकाशित

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको थियो ।

धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारको क्रममा दुबै जनाको निधन भएको हो ।

दुर्घटनामा घाइेत भएका पदम राईको उपचार भइरहेको अस्पतालतले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu