Connect with us

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा

२०८३, ५ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतले पाण्डेलाई ८० लाख रुपैयाँबराबरको बैंक ग्यारेन्टी बुझाएर रिहा गर्ने आदेश दिएको हो ।

स्मार्ट टेलिकम प्रकरणमा उनीविरुद्ध भएको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।

स्मार्ट टेलिकमसँग सम्बन्धित अनुसन्धानका क्रममा पाण्डेसहित केही व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको थियो । सोही प्रकरणमा पक्राउ परेका पाण्डेलाई अदालतमा उपस्थित गराइएको थियो ।

अदालतमा भएको थुनछेक बहसका क्रममा सरकारी पक्षले अनुसन्धानका क्रममा संकलित प्रमाण तथा पाण्डेको सम्भावित संलग्नताबारे आफ्नो धारणा प्रस्तुत गरेको थियो ।

पाण्डेका तर्फबाट भने आफूविरुद्ध लगाइएका आरोप र अनुसन्धानका विषयमा प्रतिवाद गरिएको थियो ।

बहसपछि अदालतले पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीका लागि बैंक ग्यारेन्टी राखेर रिहा गर्ने आदेश दिएको हो

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu