Connect with us
Kapilvast Forest

त्रिशूली ३एको सुरुङभित्र मानिसको आवाज सुनियो,

२०८३, १९ भाद्र शुक्रबारमा प्रकाशित

नुवाकोट। त्रिशूली ३ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी र उद्धार कार्यमा आशालाग्दो संकेत देखिएको छ। सुरुङ भित्रबाट मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएपछि उद्धार कार्यलाई थप तीव्रता दिइएको रास्वपा सांसद श्रीराम न्यौपानेले जानकारी दिए ।

उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनेको जानकारी दिएको हो। हाल नेपाली सेना र सशस्त्र प्रहरीको विशेष उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यमा जुटिरहेको छ।कार्यस्थलमै रहेर उद्धार कार्यमा संलग्न रहेका सांसद न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, “सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएकाे छ।

नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।”सांसद न्यौपानेले उद्धारमा खटिएका सुरक्षा निकाय र प्राविधिक टोलीप्रति सम्मान व्यक्त गर्दै सबैको सकुशल उद्धार हुने विश्वास व्यक्त गरे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu