Connect with us
Kapilvast Forest

नेपालमा अलैंचीको ५ वटा जात दर्ता हुँदै

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं – नेपालमा पहिलो पटक अलैंचीको ५ वटा जात दर्ता हुने भएपछि किसानहरू खुसी भएका छन् । कृषि विभागका महानिर्देशक संयोजकत्वको जात दर्ता तथा अनुमोदन उपसमितिले रामसाई, गोलसाई, डम्बरसाई, भार्लाङ र जिर्मले जातको अलैंची दर्ताका लागि कृषि मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

अलैँचीको दर्तापछि अन्तर्राष्ट्रिय मान्यतासमेत पाउने यी जातका अलैँचीको खेती गर्ने किसानले मल, बीउ, बिरुवा तथा सिंचाईमा सरकारको सहयोग पाउनेछन् ।

अलैँचीको दर्तापछि अन्तर्राष्ट्रिय मान्यतासमेत पाउने यी जातका अलैँचीको खेती गर्ने किसानले मल, बीउ, बिरुवा तथा सिंचाईमा सरकारको सहयोग पाउनेछन् । नेपालमा खेती भैरहेको १४ वटा अलैंचीका जातमध्ये पहिलो चरणमा ५ वटा जात दर्ताका लागि सिफारिस गरिएको समितिका सदस्य तथा अलैंची विकास केन्द्र इलामका निमित्त प्रमुख देवेन्द्र साहूले बताउनुभयो ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको जात दर्ता तथा अनुमोदन समितिले स्वीकृत गरेर राजपत्रमा प्रकाशित गरेपछि यी जातहरुले मान्यता पाउनेछन् । धेरै खेती हुने अन्य जातहरु क्रमशः प्राथमिकतामा पर्ने सिफारिस उपसमितिले जनाएको छ ।

नेपालको ५२ जिल्लाका १८ हजार २ सय ७३ हेक्टरमा अलैंची खेती भैरहेको छ भने वार्षिक ७ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu