Connect with us
Kapilvast Forest

बजेटमै नभएका योजनालाई १६ करोड

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

 

धनगढी — चालु आर्थिक वर्षको रातो किताबमै विनियोजित योजना अधुरै रहेका बेला सुदूरपश्चिमको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले हालै करिब ८५ वटा नयाँ योजना सिर्जना गरेर १६ करोडभन्दा बढी रकम बाँडेको पाइएको छ ।

सिँचाइ, पूर्वाधार विकास, खानेपानी र सहरी विकासका योजना थप गरेर दार्चुलाबाहेक सबै जिल्लामा रकम बाँडिएको छ । सबैभन्दा धेरै योजना सिँचाइतर्फ बनाइएको छ । सिँचाइमा ६२ वटा नयाँ योजनामा करिब १२ करोड विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको मूल बजेटमा यसअघि नै सिँचाइतर्फ १ अर्ब ४१ करोड विनियोजन गरिएको थियो । ती योजनाको कार्यान्वयनसमेत सुस्त छ ।

सडकलगायतका पूर्वाधार विकासतर्फ १४ वटा थप योजना छानिएको छ । ती योजनामा ३ करोड विनियोजन गरिएको छ । खानेपानीका आठ र सहरी विकासका पाँच वटा योजना थपिएको छ । मन्त्रालयले खानेपानीको योजनातर्फ करिब ३ करोड र करिब १ करोड सहरी विकासका योजनामा विनियोजन गरेको छ । ‘केही क्रमागत, केही यसअघि शून्य बजेट रहेका र धेरैजसो नयाँ योजना छन्,’ मन्त्रालयका सूचना अधिकारी इन्जिनियर छविराज जोशीले भने । ती योजनामा पर्याप्त बजेट पनि छैन ।

एउटा योजनामा १० देखि ३० लाख विनियोजन गरिएको मन्त्रालयका एक कर्मचारीले बताए । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा कतिपय योजनामा शून्य बजेट राखिएको थियो । तर आर्थिक वर्षको तेस्रो चौमासिक सकिने बेला शून्य बजेटमा समेत सूचीकृत नभएका योजना मन्त्रालयको छनोटमा परेका छन् । त्यसैमा तेस्रो चौमासिकमा आएर केवल बजेट सक्न बाँडचुँड गर्नु उपयूक्त नभएको धेरैको टिप्पणी छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu