बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
स्याङ्जा -जबरजस्ती करणी गरेको आरोपमा स्याङजाका एकजना युवकलाइ पक्राउ गरेको छ ।१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका-७ का ३३ वर्षीय भेलबहादुर थापालाइ पक्राउ गरेको हो ।
थापाले बालिकालाई जबरजस्ती करण गरी गर्भवतीसमेत गराएको भनी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलीले थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, एसपी होबीन्द्र बोगटीले जानकारी दिनस भयो ।
थापालाई जबरजस्ती करणी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको स्याङ्जाका एसपी होविन्द्र बोगटीले बताउनु भयो ।