टियुकाे पढाई रोकिए पनि परीक्षा भने सञ्चालन हुने
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले चैत २० गते शुक्रबारसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेकाे छ ।
त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना निकालेर पठनपाठन बन्द हुने उल्लेख गरेका छन्।
प्रदूषण बढेको र यसले विद्यार्थीलाई असर पर्न सक्ने भन्दै पठनपाठन रोकिएको हो।
आजदेखि चैत २० गतेसम्म पठनपाठन रोकिए पनि पूर्वनिर्धारित कार्यतालिकाअनुसार परीक्षा भने सञ्चालन हुनेछ।
सरकारले विद्यालयहरू पनि बन्द गरेको छ।