Connect with us
Kapilvast Forest

थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं – नेपालमा २५५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४४९ जना र एन्टिजने परिक्षण गर्दा ११० जना गरि जम्मा २५५९ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ९४ हजार ६०१ रहेको छ । संक्रमित मध्ये दुई लाख ७६ हजार ७५५ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ ।पछिल्लो २४ घण्टामा ४१० जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३१२२ पुगेको छ ।

आज देखिएका संक्रमित मध्ये काठमाडौँमा एकैदिन थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित थपिनेमा काठमाडौँ रहेको छ । त्यस्तै भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu