Connect with us
Kapilvast Forest

आज ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि ,१२ जनाको मृत्यु

२०७८, १३ बैशाख सोमबारमा प्रकाशित

corona ncn

काठमाडौं –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय पीसीआर परीक्षणबाट सोमबार ३ हजार ४ सय ४२ जना सङ्क्रमित फेला परेका हुन् । त्यस्तै ८ सय ९३ एन्टिजेन परीक्षणबाट १ सय १४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ । २४ घण्टामा ३ सय ७८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ ।

सोही अवधिमा कोरोनाबाट १२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको छ । सक्रिय सङ्क्रमित २२ हजार ४ सय ३४ छन् भने क्वारेन्टाइनमा ६५ जना रहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu