Connect with us
Kapilvast Forest

मेयर र उपमेयर चढ्ने गाडी संक्रमित बोक्ने एम्बुलेन्स बन्यो

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ।मेयर बासुदेव घिमिरे लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडी

नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको हो।

‘नागरिकहरु एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहाँहरुकै करबाट किनिएको सरकारी गाडी चढेर हिँड्न हामीलाई नैतिकताले दिएन,’ मेयर बासुदेव घिमिरे भन्नुभयो ।उक्त गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइँने उहाँले बताउनुभयो ।

साथै नगरपालिकाले यसअघि वडा नम्बर १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरेर अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सञ्चालनमा ल्याइसकेको छ।दैनिक करिब दुई सय जनासम्म संक्रमित थपिँदै गइरहेको तिलोत्तमामा रुपन्देहीको बुटवल उपमहानगरपछि सबैभन्दा धेरै संक्रमित छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu