Connect with us
Kapilvast Forest

बाँकेमा दुुई दिनमा ८सय १ जनाले जिते कोरोना

२०७८, २३ बैशाख बिहीबारमा प्रकाशित

Coronavirus-Test1

दाङ-बाँकेमा बिहीबार एकैदिन ५०८ जनाले कोरोना जितेर घर फर्किएका छन्।२४१ महिला र २६७ पुरूष गरी एकैदिन ५०८ जना संक्रमित कोरोना जितेर घर फर्किएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

बुधबारमात्रै बाँकेमा २९३ जनाले कोरोना जितेर घर फर्किएका थिए।कोरोना खोप लगाउन छुटेका बैजनाथ गाउँपालिका वडा नं। ५ का ७६ वर्षीय जेष्ठ नागरिकसहित बाँकेका १२३ महिला र १७० पुरूष कोरोना जितेर घर फर्किएका थिए।

दुई दिनको अवधिमा बाँकेका ८०१ जना कोरोना जितेर घर फर्किएको फोकल पर्सन वलीले बताउनुभयो ।बिहीबार बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको बैजनाथ गाउँपालिका वडा नं। ८ का ३७ वर्षीय पुरूषको बिहीबार बिहान साढे १० बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ।

जिल्ला फोकल पर्सन तेज वलीका अनुसार उनी वैशाख १७ गते अस्पताल भर्ना भएका थिए।
त्यस्तै मध्यान्ह १२ बजे नेपालगञ्ज उपमहानगरपालिका ८ की ५५ वर्षीया महिलाको मृत्यु भएको छ।नेपालगञ्ज मेडिकल कलेजमा वैशाख २१ गते पिसिआर परीक्षणपछि उनी २२ गते भर्ना भएकी थिइन्। तर, स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा बिहीबार मध्यान्ह १२ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको फोकल पर्सन वलीले बताउनुभयो।

योसहित बाँकेमा बुधबार बेलुकादेखि मध्यान्ह १२ बजेसम्म १३ जनाको मृत्यु भइसकेको छ। बाँकेका थप एक जनाको बिहीबार नै काठमाडौंबाट कोहलपुर ल्याउने क्रममा मृत्यु भएको छ।

थप दुई जनाको मृत्यु भएसँगै बाँके जिल्लाका मात्रै १६० जना र बाहिरी जिल्लाबाट उपचारका बाँके लगिएका थप १२८ जना संक्रमितको मृत्यु भएको फोकल पर्सन वलीले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu